सरकार र विप्लव नेकपाबीच तीनबुँदे सहमतिमा हस्ताक्षर



सरकार र विप्लव नेतृत्वको नेकपाबीच आज औपचारिक रुपमा तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

सहमतिमा दुवै पक्षले देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने ,बिप्लब नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने भनिएको छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  ९ : ३२ बजे