नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुन : पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेताहरुले जानकारी दिएका छन ।
खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।
यससगै प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई यसअघि पुस ८ गते पनि दलको नेता चयन गरेको थियो ।








