कांग्रेस नेता कार्कीद्वारा क्षतिग्रस्त सोलु एफएमलाई ७० हजार आर्थिक सहयोग



कांग्रेस नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाशसिंह कार्कीले आगलागिको कारण क्षतिग्रस्त भएको सामुदायिक रेडियो सोलु एफएमलाई ७० हजार ७ सय ७७ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन ।

सोलुखुम्बुको सल्लेरिस्थित एफएमको क्षतिग्रस्त कार्यलयमा पुगेर नेता कार्किले एफएम संचालक संस्था योङ स्टार क्लबका अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाइ उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन । सो अवसरमा कार्कीले थप एकथान ल्यापटप पनि उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

सहयोग हस्तान्तरणका क्रममा कार्किले सोलुखुम्बुको जनचेतनास्तर माथी उठाउन सोलु एफएमले महत्वपूर्ण भूमिका खेलेको बताए ।नेता कार्कीले सामुदायिक रेडियो सोलु एफएमको पुन: प्रशारणका लागि सक्दो सहयोग गर्न पनि सबैलाई आग्रह गरे ।उनले रेडियोले शीघ्र आफ्नो पुनप्रशारण थाल्ने समेत बिश्वास ब्यक्त गरे ।

प्रकाशित मिति : फाल्गुन २३, २०७७ आइतबार  ४ : २० बजे