अब कांग्रेसले विवेकपूर्ण निणर्य लिदै देशको अबिभाबक बन्नुपर्छ : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पछिल्लो राजनितिक परिस्थितिमा नेपाली कांग्रेसले विवेकपूर्ण निणर्य लिदै देशको अबिभाबक बन्नुपर्ने बताएका छन ।

लामो समयदेखिको नेकपा बिबाद र सर्बोच्चको पछिल्लो फैसलापछी सामाजिक सञ्जालमा धारणा राख्दै नेता पौडेलले कुनै दल विशेषको कलहले सिङ्गो देशलाई बन्दी बनाउन मिल्दैन भनेका छन ।

थप आउन सक्ने राष्ट्रिय संकटलाई न्यूनीकण गरी निकास खोज्न नेपाली काङ्ग्रसले विवेकपूर्ण निणर्य गर्नसक्नुपर्ने पौडेलको भनाइ छ ।

नेता पौडेलले थप भनेका छन ” नेकपा विवादको छिनोफानो उहाँहरूकै जिम्मेवारी हो । तर कुनै दल विशेषको कलहले सिङ्गो देशलाई बन्दी बनाउन मिल्दैन । दल भन्दा ठूलो देश हो, व्यवस्था हो ।”

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ३ : ५५ बजे