दाहाल नेपाल समूहकाे स्थायी कमिटी बस्दै : अबको रणनितिबारे छलफल हुने



नेकपा दाहाल नेपाल समुहको स्थायी कमिटि बैठक आज बस्दैछ ।

सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बैठक बस्न लागेको हो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज दिउँसो ११ बजे स्थायी कमिटिको बैठक डाकिएको पार्टी प्रवक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकपछि भावी रणनीति तय गरिने श्रेष्ठको भनाई छ ।

दाहाल नेपाल समुह सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकन गर्ने बताईसकेको छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ४ : २८ बजे