महिला विरुद्ध हुने हिंसाको अन्यका लागि संवेदनसिल बन्न जरुरी : महामन्त्री डा. कोइराला



कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले अन्तर्राष्ट्रिय नारी दिवसको अबसरमा शुभकामना ब्यक्त गरेका छन ।सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिदै कोइरालाले स्वदेश तथा विदेशमा रहनुभएका संर्पूण दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ,भनेका छन ।

सन्देशमा डा. कोइरालाले अझै पनि कतिपय महिलाहरु शोषण दमन र उत्पीणनले आक्रान्त रहेको उल्लेख गर्दै महिला विरुद्ध हुने सबैखाले हिंसाको अन्यका लागि सबैले थप संवेदनसिल बन्न जरुरी रहेको औल्याएका छन ।

राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चितता लागि थप इमानदारीताको खाँचो रहेको बताउदै कोइरालाले नेपाली कांग्रेसले हरेक तहमा महिलाको सहभागिताको सुनिश्चितता गरेको र आगामी दिनमा अझै बढी समानुपातिक बनाउने दिशामा अग्रसर हुने उल्लेख गरेका छन ।

प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार  ७ : २५ बजे