मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिस होम गोमा अव ७० वटा च्यानल



डिशहोमले सञ्चालन गरेको मोबाइल एप डिस होम गोमा अब ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ । सेवा सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेकोमा, अव देखीे प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको हो ।

यस संगै डिस होम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरुगरेको छ, जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सकिने छ ।कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै डिस होम गो मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्धध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो । कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटै डिस होम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ०६ बजे