नेकपा एमालेको बैठकले पार्टीको महासचिव ईश्वर पोखरेलको पद बाहेकका पदाधिकारीहरू खारेज गर्दै महाधिवेशनको मिति तोकेको छ ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो निर्णय गरेका हुन् ।
आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छत्यस्तै, आजको बैठकले नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
पार्टीको प्रवक्तामा प्रदीप कुमार ज्ञवालीलाई तोकेको छ । र, विदेश विभाग प्रमुखमा माधव कुमार नेपाललाई हटाएर डा । राजन भट्टराईलाई उक्त जिम्मेवारी दिईएको छ ।








