कांग्रेस महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन मधेसवादी दलहरूसँग छलफल चलिरहेको बताएका छन् ।
नेपाल शिक्षक संघ वागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।
“नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ” कोइरालाले भने, आजपनि मधेशी पार्टीहरूसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनसाय हाम्रो छ ।’








