कांग्रेस र जसपासहितको सरकार बनाउन माओवादी केन्द्रले गर्‍यो प्रस्ताव



माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)सँग नेपाली कांग्रेससहितको गठबन्धन सरकार बनाउन प्रस्ताव गरेको छ ।नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा जसपासगा आज भएको छलफलमा माओवादीले कांग्रेससहितको गठबन्धनको प्रस्ताव राखेको हो ।

जसपाले राखेको मुद्दा सम्बोधनबारे कांग्रेससँग छलफल गरेर ठोस निश्कर्ष दिइने केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । ओली सरकार ढाल्नका लागि जसपा र कांग्रेससँग मिल्न आफुहरु तयार रहेको पनि श्रेष्ठले बताउनुभयो ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रका नेताहरुले आफुहरुको मुद्दा सम्बोधनका लागि ठोस जवाफ दिन नसकेको बताउनुभयो । छलफल सकारात्मक भए पनि निश्कर्षमा पुगिनसकेको ठाकुरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार  ९ : ३१ बजे