निर्बाचन आयोगलाई नेपाल समूहले लेख्यो पत्र



नेकपा (एमाले) का वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला गरेर  गरेका निर्णयलाई मान्यता नदिन निर्वाचन आयोगलाई पत्राचार गरेको छ । ओली समूहले गरेको निर्णयलाई वैद्यता नदिनको लागि नेपाल पक्षका ११ नेताहरुको हस्ताक्षरसहित आयोगलाई पत्राचार गरिएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एकलौटी पेलेर जान खोजेको नेपाल पक्षको निश्कर्ष छ । हिजोमात्रै नेपाल पक्षले केन्दू्रीय सदस्यहरुको बैठक राखेर ओली पक्षको विरुद्धमा समानान्तर कमिटी बनाएको छ । र, यही चैत्र ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरेको छ । उता, ओलीले भने यही चैत्र ७ गते प्रधानमन्त्रीको निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेका छन् । तर, नेपाल पक्षले बैठक बालुवाटारमा राखिए नजाने चेतावनी दिईसकेको छ ।

प्रकाशित मिति : चैत्र १, २०७७ आइतबार  २ : १५ बजे