नेकपा माओवादी केन्द्रले नयाँ राजनीतिक परिस्थिति अनुसार सरकार गठनका लागि दलहरू बीच छलफल र संवाद शुरु गर्ने भएको छ ।
माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठक स्थगित गर्दै नयाँ सरकार गठनका लागि दलहरू बीच छलफल र संवाद शुरु गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार बसेको बैठकले केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको बताए ।
उनले नयाँ सरकार गठनका लागि दलहरूबिच संवाद शुरु गर्नु पर्ने भएको र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले केही दिनका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।








