मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोममा मधेस प्लस च्यानल सञ्चालन हुने



डिशहोमले मधेस प्लस च्यानल सञ्चालनमा ल्याएको छ । डिशहोमको च्यानल नम्बर ११९ मा यो च्यानल प्रसारण भइरहेको छ ।

नेपालमै पहिलोपटक भोजपुरी चलचित्र, गीत, मैथली, थारुलगायतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषाभाषीका गीत–संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमलाई प्रथमिकताका साथ प्रसारण गर्ने तयारी च्यानलले गरिरहेको जनाइएको छ ।

आगामी दिनमा पनि डिशहोमको ग्राहकका मनोरञ्जनको लागि भिन्नखालका सामग्री प्रसारण हुने विभिन्न च्यानल थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ३ : ३४ बजे