कांग्रेस नेता जोशीको उपचार गर्न १० लाख सहयोग गर्ने सरकारको निर्णय



कांग्रेसक नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए ।

शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत फागुन १४ मा मस्तिष्कघात भए पछी भेन्टिलेटरमा राखेर जोशिको उपचार भ इ रहेको छ्।

प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार  ५ : ४७ बजे