महान्यायाधिवक्तामा रमेश बडाल



प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

आजमात्रै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । खरेल २०७४ फागुन ८ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानूनी सल्लाहकार समेत मानिन्छ ।

प्रकाशित मिति : चैत्र ६, २०७७ शुक्रबार  १० : २२ बजे