नेकपा एमालेले माधव नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको एमाले श्रोतले जानकारी दिएको छ ।
गत शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।
चारै नेताका घरमा पत्र पुर्याइ स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।








