नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज (मङ्गलवार) बस्दै छ । । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।








