ओलीले बोलाएको संसदीय दलको बैठक र नेपाल–खनाल समूहको केन्द्रीय समिति बैठक आज एकैदिन बस्दै



नेकपा  एमाले भित्र विवाद  थप बढ्दै गएको छ ।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन भने आज नै नेपाल खनाल समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।

ओलीले बोलाएको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल समूह सहभागी नहुने बताइएको छ ।

आज नै नेपाल खनाल समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ । नेपाल–खनालको बैठक बिहान ११ बजे कलंकीको मेघा पार्टी प्यालेसमा बस्दैछ ।

दुबै पक्षले एक अर्कालाई स्पष्टिकरण सोधेका छन भने नेताहरु आरोप प्रत्यारोपमा उत्रेका छन ।

 

 

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ४ : ५९ बजे