नेकपा एमाले भित्र विवाद थप बढ्दै गएको छ ।
एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदीय दलको बैठक बोलाएका छन भने आज नै नेपाल खनाल समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।
ओलीले बोलाएको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल समूह सहभागी नहुने बताइएको छ ।
आज नै नेपाल खनाल समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ । नेपाल–खनालको बैठक बिहान ११ बजे कलंकीको मेघा पार्टी प्यालेसमा बस्दैछ ।
दुबै पक्षले एक अर्कालाई स्पष्टिकरण सोधेका छन भने नेताहरु आरोप प्रत्यारोपमा उत्रेका छन ।








