सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीचको वार्ता सकियो : बिहीबार अर्को बार्ता हुने



आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहटर थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समिति र सरकारबिचको आज भएको वार्ता सम्पन्न भएको छ ।

बार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा , प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा . राजन भट्टराई र पूर्वसासंद भगवती चौधरी सहभागी थिए भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी थिए ।

वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा राखेको र अर्को बैठक पर्सि (बिहीबार) बस्ने गरी टुंगिएको सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री बादलले जानकारी दिए ।

 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ११ : ३६ बजे