प्रधानमन्त्री संसदमा नआउनुको कारण सुरक्षा खतरा हो ? दिलेन्द्र बडु



कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गृह मन्त्रालयले थप के-के सुरक्षा व्यवस्था गरेको छ भन्ने जानकारी माग गरेका छन ।

आज संसद बैठकमा बोल्दै बडुले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो। यसमा सत्यता कति छ ? यथार्थ के हो ? उहाँको सुरक्षामा गृह मन्त्रालयले अहिले के के थप व्यवस्था गरेको छ ?’

प्रतिनिधि सभाका यतिका बैठक हुँदा पनि संसदमा प्रधानमन्त्री नआउनुको कारण सुरक्षा खतरा त होइन भन्ने प्रश्नसमेत उनले गरेका छन्।

‘संसद चलिरहँदा पनि आजसम्म प्रधानमन्त्री यस संसदभित्र नदेखिनुको कारण उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ? अथवा नैतिक खतरा पनि उहाँ महशुस गरिरहनुभएको हो ?’ सांसद बडुले प्रश्न गरे।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  ८ : ०५ बजे