प्रचण्डले दिएको पुनरावलोकन मुद्दामा आज सर्बोच्चमा सुनुवाइ हुँदै



तत्कालिन नेपाल कम्युनिष्ट पार्टी बिघटनको अवस्थामा पुर्‍याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतले विहीबार निर्णय गर्ने भएको हो ।सर्वोच्चले निस्सा प्रदान गरेमा यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहिबार  ४ : १७ बजे