माओबादी केन्द्रको अब बस्ने स्थायी कमिटी बैठकले सरकारबारे निर्णय गर्ने



माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक पछी बोल्दै नेता नारायणकाजी श्रेष्ठले अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि भन्ने निर्क्यौल गर्न दलहरुले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निर्णय नभएको बताए ।

आजको बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण भएको उनले बताए ।आगामी शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने पनि नेता श्रेष्ठले बताए ।

 

 

प्रकाशित मिति : चैत्र १९, २०७७ बिहिबार  ७ : २४ बजे