ओलि सरकार सबैतिर असफल भएकाले कांग्रेसले बिकल्प खोजेको हो : कांग्रेस नेता सिंह



कांग्रेस नेता एबम पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले ओलि सरकार सबैतिर असफल भएकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन ।

दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले  ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेको र बर्तमान सरकार असफल भएकाले देशलाई बर्तमान समस्या बाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक हो भने सबै दल हरुको निस्कर्ष रहेको बताएका हुन् ।

उनले भने, ‘५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भईसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयारछ ।’ नेपालको संबिधान निमार्ण गर्न पनि ४ ४ जना कम्युनिष्ट नेताहरु असफल हुदाँ अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संबिधान निमार्ण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी छ । कम्युनिष्टहरु नेपालको राजनीतिमा असफल भईसकेको उनको दाबी छ ।

साथै नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताउँदै उनले भने, ‘तर कम्युनिष्टहरुमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनु पर्छ , सेवाको भावना हुनु पर्छ , राष्ट्रियता र नैतिकता हुनु पर्छ ।’ सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप छ ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ११ : १४ बजे