राष्ट्रपतिको बङगलादेश भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री ज्ञवाली



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल, उच्चस्तरीय सहमति र सम्झौताले सम्बन्धलाई थप उचाइमा लैजान तथा आर्थिक साझेदारी र व्यापार प्रवद्धर्नका निम्ति ठोस उपलब्धी हासिल भएको स्पष्ट गर्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका अवसरमा नेपाल र बङ्गलादेशका राष्ट्र प्रमुखबीच भएका दुई पक्षीय छलफल र सम्झौता तथा राजनीतिकस्तरमा गरिएका समझदारीले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सहयोग पुगेको सदनलाई जानकारी गराउनुभयो ।

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  १ : २३ बजे