चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादीले पठायो संसद सचिवालयलाई पत्र



नेपाल माओवादीले बर्तमान ओली सरकारका चार मन्त्रीलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ।

माओवादीले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन पत्र पठाएको हो।

आजबाट सांसद पद नरहने गरी चिठी पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए।

यस अघि नै माओबादि स्थायी समिति बैठकले एमालेमा गएका चार मन्त्रीलाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  १० : १२ बजे