नेपाल पत्रकार महासङ्घ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बन्नुभएको हो । उहाँका प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गर्नुभयो । विजयी भण्डारी नेपाल प्रेस युनियन निकट हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी लामिछाने प्रेस चौतारी निकट हुनुहुन्छ ।त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष ९महिला०मा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिवमा श्रीराम सिग्देल, सहसचिव (समावेशी)मा रेमबहादुर विक, कोषाध्यक्षमा कृष्ण दबाडी, सदस्य ९महिला०मा सपना अधिकारी, सदस्य (दलित)मा विजय नेपाली, सदस्य ९ आदिवासी÷जनजाति०मा पदम श्रेष्ठ र सदस्य ९अन्य समावेशी०मा जैनव खातुन विजयी हुनुभएको छ ।
त्यस्तै खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ ९सुमन०, प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, युवराज गुरुङ ९युनिस० र हरि पन्त विजयी बन्नुभएको छ । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङ, कमल पौडेल अथक, गङ्गाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी बन्नुभएको छ ।
महासङ्घ मकवानपुरको अध्यक्षमा मणिराज गौतम निर्वाचित हुनुभएको छ । प्रेस सङ्गठन र प्रेस युनियनको गठबन्धनका उम्मेदवार गौतमले निकटतम प्रतिद्वन्दी प्रेस चौतारीका बालकृष्ण अधिकारीलाई पराजित गर्नुभएको हो । गठबन्धनका उम्मेदवार गौतम १०० मतसहित विजयी हुनुभएको हो भने अधिकारीले ५६ मत मात्र प्राप्त गर्नुभयो । उपाध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार ध्रुवप्रसाद अधिकारी, महिला उपाध्यक्षमा सरला अधिकारी, खुला सचिवमा शुभलक्ष्मी विश्वकर्मा, सहसचिव समावेशीतर्फ मन्दिरा बानियाँ ९मानवी०, सहसचिव खुलातर्फ यमप्रसाद पौडेल (एमपी शर्मा) र कोषाध्यक्षतर्फ केशव समर्पण सुवेदी निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यमा रुपा गुरुङ, शान्ति सुनार, नवराज वाइबा र आदित्य कर्ण, अर्जुन सञ्जेल, प्रदीप अधिकारी, बलराम पुडासैनी, विजय पौडेल, सिर्जना नेपाल, उज्जवल अधिकारी र रेवतीप्रसाद तिमल्सिना (नवीन) विजयी हुनुभयो ।
प्रदेश परिषद् सदस्यमा गणेशदर्पण अधिकारी, विश्वराम अधिकारी 9विवश), रवीन्द्र गौतम, शिव चौलागाईँ, सुजन ढकाल, सुनिल शिवाकोटी, आरती ढकाल, भावना रिजाल, अमर लामा, अशोक सुजन श्रेष्ठ र कृष्णराम परियार निर्वाचित हुनुभएको थियो । केन्द्रीय परिषद् सदस्यमा भानुभक्त आचार्य, राजन ९खुसराज० दाहाल, नानीमैया विष्ट, सुर्वणलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । मकवानपुरमा कूल १६४ मतदातामध्ये १६१ जना मतदानमा सहभागी हुनुभएको थियो ।








