सांसदबाट हटाइएका चार मन्त्रीलाई फेरि मन्त्री बनाउने ओलीको तयारी



आफ्नो मूल पार्टी नेकपा माओवादी केन्द्रको कारबाहीबाट सांसद तथा मन्त्रीपद गुमाएका चार पूर्व माओवादी नेतालाई प्रधानमन्त्री केपी ओलीले आज साबिककै मन्त्रालयमा मन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । सांसद नभए पनि ६ महिना सांसद हुन पाउने सबैधानिक प्राबधान अनुसार प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई साबिककै मन्त्रालयमा नियुक्ति गर्न लाग्नु भएका हो ।

बिहीबार मात्र उहाँहरु चारैजनाको सासंद पद रिक्त भएको जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिशभालाई गराउनु भएको थियो । त्यस लगत्तै उहाँहरु मन्त्रीपद पनि रिक्त भएको थियो । नेकपा रहकै अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साथ दिएका चार नेता एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमाले मै रहनु भएको थियो ।

एमालेको बिभिन्न जिम्मेवारी लिएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहालले २३ गते सोमबार संसद सचिवालयलाई एक पत्र पठाउदै उहाहरुले दल त्याग गरेका भन्दै सांसद पद रिक्त भएको जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  ३ : ५४ बजे