लोकतन्त्रको संरक्षण कांग्रेसको काधमा : महामन्त्री कोइराला



नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले लोकतन्त्रको संरक्षणको जिम्मेवारि कांग्रेसको काधमा रहेको बताएका छन। दोलखाको सदरमुकाम चरिकोटमा आयोजित जिल्ला स्तरीय तरुण भेला,मार्चपास तथा प्रशिक्षण कार्यक्रमको उद्घाट गर्दै कोइरालाले उक्त कुरा बताएका हुन् ।

नेपाली काँग्रेस लोकतन्त्रको संरक्षणका लागि जस्तो सुकै जिम्मेवारी बहन गर्न पनि हर्दम तयार रहने उल्लेख गर्दै कोइरालाले कांग्रेस कमजोर भए देशमा लोकतन्त्र सुरक्षित् नहुने दाबि गरे।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस देशमा रहेसम्म कुनै शक्तिले पनि लोकतन्त्रमा आँच पुर्याउन नसक्ने बताए । वर्तमान राजनैतिक घटना क्रमलाई काँग्रेसले गम्भिर रुपमा नियाली रहेको तथा आगामी केन्द्रीय समिति बैठकबाट ठोस निर्णय गरी अगाडि बढीने कोँइरालाले बताए ।

भेलालाई सम्बोधन गर्दै कांग्रेसका पुर्व केन्द्रिय सदस्य नेता जिपछीरिङ लामाले लोकतन्त्रलाई लाद्न खोज्ने ओलिको अधिनायकवाद पद्धतिको केहि समयमै अन्त्य हुने बताए।त्यसैगरी नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतले देशभरका तरुण नेता तथा युवाहरु ओलिको तानाशाह विरुद्ध सडकमा आएर प्रजातन्त्रको संरक्षण गर्नुपर्ने बताए।

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  ५ : २८ बजे