आफ्नै नेतृत्वमा सरकार बनाउन सभापति देउबाले गरे प्रस्ताव



कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार् बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुलाइ प्रस्ताब गरेका छन्।बुढानीलकण्ठस्थित आफ्नै निवासका बसेको बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गरेको जानकारि गराउदै कांग्रेसको नेतृत्वमा सरकार् बनाउन सहयोग मागेका हुन्।

देउबाको प्रस्तावलाई माओवादी केन्द्रले समर्थन गरे पनि जनता समाजवादी पार्टीले थप समय माग गरेको छ।जसपा नेताहरुले नयाँ सरकार गठनबारे पार्टीमा छलफल गर्न समय चाहिने बताएका छन् । ‘पहिलो पटक सरकार बनाउने प्रस्ताव आएको छ । हामीले यस विषयमा कुनै छलफल गरेको छैन । अब छलफल गछौं,’ जसपा अध्यक्ष महन्थ ठाकुरले भनेका छन् ।

माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसको सरकार बनाउने प्रस्ताव स्वागतयोग्य भन्दै आफूहरु ओलीको विकल्पमा अर्को सरकार बन्नुपर्ने पक्षमा रहेको बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ थिए भने जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए भने कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा थिए।

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  १२ : ४२ बजे