प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन् । उनले सीमामा आवतजावत् गर्दा परिचयपत्रको अनिवार्य व्यवस्था गर्नुपर्ने समेत बताए ।‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने रु किन परिचयपत्र बोकेर किन हिँडन सक्दैन मान्छे र?’, मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो प्रश्न गरे ।
हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ रु हाम्रो सीमा भारतसँग पो खुल्ला हो म्यानमारसँग हो र रु विगतमा भुटानसँग थियो र रु, । यसमा कसैले के भन्छ की भन्नु नपर्ने भनाई पनि प्रधानमन्त्रीको थियो । ‘भारतसँग पो खुल्ला सीमा हो त । बर्मासँग हो र रु विगतमा भुटानसँग थियो र रु’, प्रधानमन्त्रीले थपे ।
राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने बताए ।हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दैन आफैँ डडेलो लगाउँदै जान्छ । त्यसकारण जहाँ द्वन्द्व फैलियो नभएको मत मतान्तर र द्वन्द्व बढ्नसक्छ ।’
देशमा क्रान्ति र पविर्तनको नाममा उत्पात मच्चाएको उल्लेख गर्दे प्रधानमन्त्रीले भने, ‘१७ हजार मानिस त मारिए भने कति सग्ला अपांग कति विधवा र बेसाहारा टुहुरा भए होलान् रु मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आएपछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’








