सर्बोच्चमा सभामुख सापकोटा विरुद्ध परेको मुद्दाको सुनुवाई हुँदै



सभामुख अग्नि सापकोटाविरुद्ध सर्बोच्चमा परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धि मुद्दमा  सुनुवाइ हुने भएको हो ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनु भएको छ ।

शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरिएको भन्दै लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ सापकोटा बिरुद्द मुद्धा दायर गर्नुभएको थियो ।

पटक पटक पेशीमा पर्दे आएपनि यो मुद्दाको सुनुवाई भएको थिएन ।

प्रकाशित मिति : बैशाख ८, २०७८ बुधबार  ७ : ०९ बजे