नेकपा (एमाले)को आज बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले स्थायी कमिटी हेरफेरको निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर नेताहरूलाई हटाएर नयाँ सदस्यहरु थपेको छ । अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बिश्वासपात्रहरु राखेर १९ सदस्यीय कमिटी बनाएका छन् ।
आज हेरफेर गरिएको स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ्ग, रघुबीर महासेठ, किरण गुरुङ, केशव बडाल, पुष्पराज कडेंल र मणि थापा छन् ।
तेस्तै आजको बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । बैठकले आजै प्रदेश सचिवालयलाई पत्राचार गरिसकेको छ । बैठकले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरि कारवाही गर्ने निर्णय गरेको हो । ।








