१५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्काे निर्णय



सरकारले कोरोना संक्रमण बढेका जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेका थिए । अब यो निषेधाज्ञाको अवधि मन्त्रिपरिषद्को निर्णयअनुसार बढ्नेछ ।

बैठकले सीसीएमसीले सिफारिस गरेको पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि पारित गरेको छ ।

तेस्तै बैठकले तत्काल अन्तर्राष्ट्रिय तथा अन्तरिम हवाई उडान नरोक्ने निर्णय गरेको छ।

प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार  ३ : ०२ बजे