कांग्रेस प्रवक्ता शर्मालाई कोरोना सङ्क्रमण पुष्टि



कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

उनलाई सोमबार बिहान कोरोना सङ्क्रमण पुष्टी भएको हो ।

ज्वरो र जीउ दुखाई बढेपछि आइतबार बेलुकी स्टार अस्पतालमा पुगेर स्वाब दिएको र सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको शर्माले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

डाक्टरको सल्लाह बमोजिम औषधी सेवन गरेर होम आइसोलेसनमा बसेको जनकारी गराउदै शर्माले सजग रहन सबैलाई आग्रह गरेका छन ।

 

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ६ : १५ बजे