नेपाली कांग्रेस नुवाकोटले अवश्यक परे जिल्ला पार्टि कार्यालयलाई कोभिड अस्थायी अस्पताल वनाउन दिने



नेपाली कांग्रेस नुवाकोटले जिल्लामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढ्दै  गएको भन्दै अवाश्यकता परेमा विदुर स्थित पार्टि कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल वनाउन मिल्ने भवनमा अस्पताल सन्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई आग्रह गरेको छ ।

कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसिले बिज्ञप्ती जारी गर्दै जिल्ला स्थित कोभिड रोकथाम तथा नियन्त्रण केन्द्र लाई यस्तो आग्रह गरेका हुन ।सभापती केसिले पछिल्लो समय कोभिड संक्रमित हरुका लागि वेड अभाव हुन थालेकाे गुनासो प्रति पार्टिकाे गम्भिर ध्यानाकर्षण भएको जनाएका छन ।

तिनै तहमा सरकार हुँदा पनि स्वास्थ्य जस्तो जनताको मौलिक अधिकार पनि व्यवस्थापन गर्न नसक्नु लाचारीपन भएको पनि उनले उल्लेख गरेका छन ।केसिले नुवाकोटका नागरिकको जिवन रक्षाको लागी नेपाली काग्रेंस नुवाकोट जनताको साथमा हुने पनि प्रतिवद्वता ब्यक्त गरेका छन ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ११ : ३४ बजे