राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ ।
एमालेले यस अघिनै गृहमन्त्री समेत रहेका रामबहादुर थापा लाई उम्मेद्वार बनाउने निर्णय गरेपनी अन्तिम समयमा चुनाब हार्ने डरले बादल हच्किएका छन ।
कांग्रेस, माओवादी, र जसपाको तर्फबाट भने संयुक्त उम्मेदवार डा . खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् ।
गृहमन्त्री समेत रहेका रामबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेपछी रिक्त हुन आएको राष्ट्रीय सभा सदस्य पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।








