कांग्रस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी ओलिले भ्रष्टचारीलाई संरक्षण गरेको भन्दै कडा आक्रोस पोखेका छन ।
कोरोना भाइरसको भ्याक्सिन खरिदमा प्रधानमन्त्री ओलि निकट ब्यबसायिहरुले कमिसनको चलखेल गर्दा भ्याक्सिन खरिदनै रोकिएकोप्रती सङ्केत गर्दै नेता पौडेलले आक्रोस पोखेका हुन ।
पौडेलले अझैपनि ओलीले भ्रण्टाचारिलाई ममताको भाषा प्रयोग गर्छन् भने इतिहासमा उनको नाम कलङ्कितहरुकाे स्थानमा हुने उल्लेख गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमा पौडेलले लेखेका छन्” मूर्खबाट नडराउनुुस् धूर्तबाट जोगिनुस् भन्नुपर्ने स्थिति छ ।आफ्नो मूर्ख्याइँलाई विकासको नाम दिएर जनतालाई छारो हाल्ने, चरम धुर्त्याईं गरेर भ्रष्टचारीलाई संरक्षण गर्ने अझैपनि ओलीले भ्रण्टाचारिलाई ममताको भाषा प्रयोग गर्छन् भने इतिहासमा उनको नाम कलङ्कितहरुकाे स्थानमा हुनेछ ।”








