प्रधानमन्त्री ओलिलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय



प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने तयारी गरिरहदा नेपाली कांग्रेस संसदीय दलले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

तेस्तै संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने यस अघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदन समेत गरेको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ११ : ३८ बजे