बालुवाटारमा संवैधानिक परिषद बैठक शुरु : प्रधानन्यायाधीश राणा सहभागी



प्रधानमन्त्री निबास बालुवाटारमा संबैधानिक परिषदकाे बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकर सुर्य थापाले बैठक शुरु भएको जानकारी दिएका हुन ।

बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहभागी भएका छन ।

प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको बुझिएको छ ।

विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले यस अघिनै बैठकमा सहभागी नहुने बताइसकेका छन ।

उनिहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

तेस्तै माओबादी अध्यक्ष प्रचण्डले पनि प्रधानन्यायाधीश जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

कानुनबिदहरुले पनि पटक पटक  बिबादित अध्यादेश जारी गरेर अध्यादेशकै बलमा हुन लागेको संवैधानिक पषिदको बैठकमा प्रधानन्यायाधीश सहभागी हुनुनहुने धारणा राख्दै आएका थिए ।

संविधानअनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् ।

हाल उपसभामुख खाली रहेकाले हाल परिषदमा ५ जनामात्रै छन् ।

प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार  ४ : ३५ बजे