प्रधानमन्त्री निबास बालुवाटारमा संबैधानिक परिषदकाे बैठक शुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकर सुर्य थापाले बैठक शुरु भएको जानकारी दिएका हुन ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहभागी भएका छन ।
प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् ।
बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको बुझिएको छ ।
विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले यस अघिनै बैठकमा सहभागी नहुने बताइसकेका छन ।
उनिहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।
तेस्तै माओबादी अध्यक्ष प्रचण्डले पनि प्रधानन्यायाधीश जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।
कानुनबिदहरुले पनि पटक पटक बिबादित अध्यादेश जारी गरेर अध्यादेशकै बलमा हुन लागेको संवैधानिक पषिदको बैठकमा प्रधानन्यायाधीश सहभागी हुनुनहुने धारणा राख्दै आएका थिए ।
संविधानअनुसार परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् ।
हाल उपसभामुख खाली रहेकाले हाल परिषदमा ५ जनामात्रै छन् ।








