गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बा सुब्बा गुरुङले अल्पमतमा परेर राजीनामा दिएसगै अब गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री हुने पक्का पक्की भएको छ ।
आफुबिरुद्दको अबिस्वासको प्रस्ताबमा भोली मतदान हुने अवस्थाका बिच मुख्यमन्त्री गुरुङले राजिनामा दिएका छन भने प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गर्दै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन्।
गण्डकीमा यस अघिनै कांग्रेस, माओवादी र जसपा नेपालले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्तुत गर्दै अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।उक्त प्रस्ताबमाथी भोलिनै मतदन हुने कार्यसुची थियो ।
गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र एमाले समर्थित एकजना स्वतन्त्र सांसद रहेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रको १२ सदस्य छन्। यसैगरी जसपासँग दुई ससदस्य छन्। तीन सदस्य भएको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।यससगै वैकल्पिक सरकार गठनका लागि ३२ सांसद हुन्छ जुन प्रष्ट बहुमत हो।
यदी गुरुङको पक्षमा फेरी बहुमत जुट्ने अवस्था कतैबाट आइहाले एमालेको माधब नेपाल पक्षका सांसदले राजीनामा दिने वा फ्लोर क्रस गर्ने तयारी रहेको पनि बुझिएको छ ।गण्डकी प्रदेशसभामा माधव नेपाल पक्षमा एकजना मात्रै सांसद ईन्द्रलाल सापकोटा रहेका छन् ।
सबै परिस्थिती हेर्दा अब गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यहुने पक्का पक्की देखिएको छ । प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै विपक्षी दलहरु कृष्णचन्द्र नेपाली नेतृत्वको नयाँ सरकार गठनको तयारीमा जुटेका छन्।








