माधब नेपालालाइ ट्विटरबाट ओलिको निम्तो – आउनुस्, समस्या भए छलफल गरौं



नेकपा एमालेका अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा नजान सांसदहरुलाई आग्रह गरेका छन । माधब नेपाल समुहको छुट्टै बैठक चलिरहदा सामाजिक संञ्जाल ट्विटर मार्फत आग्रह गर्दे प्रधानमन्त्री ओलीले केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं भनेका छन ।

ओलीले लेखेका छन – नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ।

तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ५ : ४४ बजे