प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन भने उनि नेतृत्वको सरकार ढलेको छ ।
प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् भने उनको सरकार पनि ढलेको हो । ।
प्रतिनिधिसभामा भएको मतबिभाजनमा प्रधानमन्त्रीको पक्षमा ९३ मत मात्रै भयो भने उनको विपक्षमा १२४ मत खसेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए भने एमालेको माधब नेपाल पक्ष अनुपस्थित रह्यो ।
आजको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ओलि प्रधानमन्त्रीबाट खुस्किएका हुन ।
प्रधानमन्त्री ओलि पदमुक्त भएपनी अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।
प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।








