सभापती देउवाले बोलाए बिपक्षी दलको बैठक : माधव नेपाललाई पनि बैठकमा बोलाइयो



कांग्रेस सभापती शेर बहादुर देउबाले बिपक्षी दलहरुको बैठक बोलाएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवाले आफ्नै निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बैठक बोलाएका हुन ।

देउबाले नयाँ सरकार गठनको छलफलका लागी माओवादी केन्द्र, जसपाका उपेन्द्र यादब्, बाबुराम भट्टराइ र एमालेका माधब नेपाल ,झलनाथ खनाल लगायतका शीर्ष नेतालाई बोलाएका छन ।

जसपाका अध्यक्ष महन्थ ठाकुरलाई बोलाईएको भए पनि उनि बैठकमा उपस्थित उपस्थित हुने सम्भाबना नरहेको बुझिएको छ ।

अध्यक्ष ठाकुर  सोमबार रातीनै बिज्ञप्ती निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन् ।

त्यस्तै कांग्रेसले नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहलाई पनि बैठकमा सहभागी गराउन प्रयास गरिरहेको एक नेताले जानकारी दिए ।

सोमबार साँझ राष्ट्रपति भण्डारीले बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी छिन भने त्यस अगावै कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड,जसपा अध्यक्ष उपेन्द्र यादवले सोमवारै वैकल्पिक सरकार गठनको आह्वान गरिसकेका थिए ।

प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार  ४ : १२ बजे