नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन आवाश्यक सबै पक्षसग छलफल र पहल गर्ने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
जसपा र एमालेको माधव नेपाल पक्षसग पनि छलफल गरेर निर्धारित समय भित्र टुङ्गोमा पुर्याउने निर्णय भएको बैठकपछी सहमहामन्त्री प्रकाश्शरणा महतले जानकारी दिए ।
नेकपा एमालेभित्रका केही सांसदहरू र जसपाको साथमा नयाँ सरकार बनाउन सकिने निश्कर्ष पदाधिकारी बैठकले निकालेको उनले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसले आफ्नै पार्टिभित्र र अन्य राजनीतिक दलहरुसग छलफल थालेको छ ।
आजै कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
सभापती देउबाले आजै सबै बिपक्षी दलहरुलाई छलफलमा बोलाएका भएपनी सबैले आफ्नो पार्टिभित्र छलफल गरेर मात्रै बैठक बस्ने भनेर आज बोलाएको बिपक्षी दलहरुको बैठक अन्तिम समयमा रोकिएको थियो ।








