नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अक्सिजन अभाव हुन नदिन सरकारसग माग गरेका छन ।बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत माग गर्दै उनले मुलुकभरि नै अक्सिजन, बेड, आईसीयू र भेन्टिलेटरको अभावले अवस्था भयावह बनेको भन्दै सरकारले अब सबै काम छाडेर अक्सिजनको व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन ।
लेखकले फेसबुकमा लेखेका छन देशभरि नै अक्सिजन, बेड, आईसीयू, भेन्टिलेटरको अभाव छ। सुदूरपश्चिममा अक्सिजनकै अभावमा धेरैले दिनहुँ ज्यान गुमाइरहेका छन्,यो भयावह अवस्थाबारे मैले सम्बन्धित मन्त्रीहरूसँग निरन्तर कुरा गरे। चाँडो व्यवस्था गर्न अनुरोध गरे। सरकारलाई पुनः तत्काल अक्सिजनको व्यवस्था गर्न अनुरोध गर्दछु। जनताको जीवन रक्षा सरकारको पहिलो काम हो। अहिले सबै काम छाडेर यसमा लागौं।’








