नेकपा एमालेका नेता भिम रावलले एमाले सांसदहरुले राजिनामा दिने स्पस्ट पारेका छन ।
सामाजिक सञ्जाल ट्विटरबाट जानकारी उनले थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको औल्याएका छन ।
उनले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ भ न्दै राजिनामा दिने स्पस्ट पारेका हुन ।
उनले थप भनेका छन्”असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।”
यस अघी प्रधानमन्त्री ओलीलाइ प्रतिनिधिसभाबाट विश्वासको मत माग्ने प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको माधब नेपाल समुहका २८ जना सांसद अनुपस्थित भएका थिए ।
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021










