काठमाडौं । नेकपा एमालेको आज बसेको स्थायी कमिटीले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । बैठकले नेपालसहित सुरेन्द्र पाण्डे,भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एक बनाउन कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।








