ओलि प्रभुको इसारामा मात्रै काम गर्छन : रामकुमारी झाक्री



एमाले भित्रको बिबाद निर्णायक मोडमा पुगेको बेला एमाले नेत्री रामकुमारी झाक्रीले ओलिसग झुक्नुनहुने बताएकी  छिन ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै झाक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुनहुने उल्लेख गरेकी छिन ।

प्रधानमन्त्री ओलिले आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा कामगरिरहेको उनको आरोप छ ।

उनले थप भनेकी छिन “जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ।सचेत बनौँ।”

प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहिबार  १० : ३८ बजे